बनेपा, २४ भदौ । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

भुम्लुटार र फलाटेका भूकम्पपीडितको बिचल्ली

भुम्लुटार र फलाटेका भूकम्पपीडितको बिचल्ली

केन्द्रबिन्दु
२४ भाद्र २०७४, शनिबार
0
Shares

बनेपा, २४ भदौ । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिकास्थित भुम्लुटार र फलाटेका स्थानीयले आफ्नो स्वामित्वमा जग्गा नहुँदा पुनःनिर्माण गर्नसकेका छैनन् । 

अरुको जग्गा कमाएर जीविकोपार्जन गर्दै आएका उनीहरु भूकम्पका कारण घरमा क्षति भएपछि आफ्नै ठाउँबाट पनि विस्थापित हुन पुगेका छन् । केहीले पहिलो किस्ताबापतको रु ५० हजार अनुदान लिए पनि घर बनाउने जग्गा नपाएर सास्ती खेपिरहेका छन् भने केहीले पहिलो र दोस्रो किस्ताको अनुदान रकम पाए पनि तेस्रो किस्ताबापतको रकम नपाएर घर बनाउन सकेका छैन । 

पहिलो किस्ताको पुनःनिर्माण अनुदान लिएको छु तर जग्गा नभएर घर बनाउन पाएको छैन, भुम्लु गाउँपालिका–८ का रामबहादुर श्रीभक्तिले भने- ”घर बनाउन नपाएका कारण आफू विस्थापित हुन पुगेको छु ।” आफ्नो स्वामित्वमा जग्गा नहुँदा घर बनाउन नसकेर त्यस क्षेत्रका १८ घरपरिवार विस्थापित भएका छन् । सो स्थानमा २०३२ सालमा जग्गाको नापी भएको थियो । फलाटे र भुम्लुटारको सीमा विवादले उक्त क्षेत्रमा स्थानीयले जग्गाको लालपूर्जा पाउन नसकेको बताइएको छ । 

भुम्लु गाउँपालिका–७ फलाटेका वडाध्यक्ष रमेशराज खरेलले जग्गा आफ्नो स्वामित्वमा नभएका कारण बैंकले समेत नपत्याउने स्थिति भएको जानकारी दिँदै स्थानीय कानून निर्माण गरेर पूर्जा वितरण गर्नुपर्ने बताए  ।

मेरो बुबाको जग्गा छ तर त्यो जग्गा अर्कैको नाममा छ, मुठ्ठी र मानोको भरमा जग्गाको कित्ताकाट हुने गरेको बताउँदै उहाँले भन्नुभयो – “आफू निर्वाचित जनप्रतिनिधि पनि भएकाले जग्गाधनी प्रमाण पत्र वितरण यहाँ चिन्ताको विषय भएको छ ।” फलाटेका प्रेमराज गिरीले जग्गाधनी प्रमाण पत्र नभएपछि अनुदान पाइँदैन भन्दै आफू पात्लेभुवनेश्वर गुठीको जग्गामा बसेको बताए । जग्गा जमिन पनि छ, खान पनि पुगेको छ तर त्यसमा हाम्रो कुनै स्वामित्व छैन उनले भने । 

भूमि अधिकारकर्मी नरिराम लोहारले भूमिको समस्या समाधान गर्न व्यवस्थित बसोबास आयोग गठन भएको उल्लेख गर्दै गुठी जग्गाको समस्या समाधान गर्न नयाँ संविधानले बाटो खुला गरेको बताए । उनले सबैभन्दा बढी भूमिसम्बन्धी समस्या मकवानपुर, धादिङ र सिन्धुलीमा रहेको जानकारी दिँदै स्थानीय सरकारले नै जग्गा दर्तालाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

कमाइ रहेको जग्गालाई व्यवस्थित गराउन बसोबास आयोग आएको बताउँदै उनले पहिलो चरणमा २५ जिल्लामा यो कार्यक्रम शुरु हुने बताए । भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले विस्थापित परिवारको अवस्था दर्दनाक भएको उल्लेख गर्दै भूमि अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरेर पीडितलाई अधिकारबाट वञ्चित गर्न नहुने स्पष्ट पारे । रासस

प्रतिक्रिया

भर्खर

एसियन गेम्स पुरुष क्रिकेटमा आज मेलेसिया र नेपाल भिड्दै

राजबन्दीलाई कागजपत्र बिना रिहा गर्ने भुटान सरकारको कदमप्रति विश्वव्यापी अभियानको असहमति

बसाइँसराइको गन्तव्य बन्दै हेटौंडा, चार वर्षमा ३४ सय घरपरिवार बसाइँ सरेर आए

रास्वपा अध्यक्ष लामिछाने र भारतका प्रधानमन्त्री मोदीको भेट, मोदीले भने, ‘नेबरहुड फर्स्ट’

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu