मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि…

मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि…

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्वाददाता 

काठमाडौँ, २३ भदौ । सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको गाडीले नयाँ बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिएको छ।

मन्त्री बिष्ट चढेको बा १ झ ७१६३ नम्बरको गाडीले बा. ४८ प ९२५० नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो। घाइते चालकको एभरेष्ट हस्पिटलमा उपचार भैरहेको छ ।घाइतेको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिए लगतै स्थानीयले गाडी घेर्न लागेपछि बानेश्वरमा खटिएको ट्राफिक प्रहरीले नै गाडीलाई सुरक्षा दिएर पठाएको थियो । महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरका प्रमुख मनोज शाहीले घटना भएको पुष्टि गरे ।

Logo