मुख्यमन्त्री पौडेल कोरोना संक्रमणमुक्त

मुख्यमन्त्री पौडेल कोरोना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।

मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा उपचाररत छन् । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।

Skip This
Skip This
Logo