इनरुवा, २३ भदौ
जिल्ला प्रहरी कार्यालयले एकै दिन २४ फरार दोषीलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला अदालत सुनसरीबाट कैद सजायँ पाई फरार रहेका कुटपिट मुद्दाका १२, लुटपाट मुद्दा, केही सार्वजनिक अपराध मुद्दा, लागुऔषध ओसारपसार मुद्दा , लेनदेन मुद्दाका एक एक, जालसाजी मुद्दाका चारलाई पक्राउ गरिएको हो । त्यस्तै अंश मुद्दा, गाली बेइज्जती मुद्दा, परीक्षा भंग मुद्दा र जारी मुद्दाका एक एक जनालाई पनि पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । सबै दोषीलाई आवश्यक कारवाहीका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । रासस































प्रतिक्रिया