काठमाडौँ , २२ , भदौ
नेपालले एक वर्षको अवधिमा करिब दुई खर्ब रुपियाँ बराबरको इन्टरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो । "/>

एक वर्षमा २ अर्बको इन्टरनेट खरिद

एक वर्षमा २ अर्बको इन्टरनेट खरिद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ , २२ , भदौ
नेपालले एक वर्षको अवधिमा करिब दुई खर्ब रुपियाँ बराबरको इन्टरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो । यो रकम ०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपियाँ रहेको थियो । विदेशबाट ब्यान्डविथ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले इण्टरनेट सुविधा उपलब्ध गराउँछन् । यसरी ब्यान्डविथ आयात गर्दा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ । प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई विदेशबाट ब्यान्डविथ आयात गर्न आवश्यक विदेशी मुद्रा सटहीको लागि नेपाल राष्ट्र बैङ्कलाई सिफारिस गर्छ । यसमा सेवा शुल्क पनि जोडिएको हुन्छ । नेपालले अहिले भारतबाट मात्र इन्टरनेट खरिद गर्दैआएको छ । नेपाल टेलिकमले चीनबाट पनि इन्टरनेट ब्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको जनाएको छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo