सोलुखुम्बु, २२ भदौ
जिल्लाको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । "/>

सोलुखुम्बुमा चितुवा आतंक, स्थानियवासी त्रसित

सोलुखुम्बुमा चितुवा आतंक, स्थानियवासी त्रसित

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु, २२ भदौ
जिल्लाको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । एक महिना अघिदेखि गाउँमा खसीबाख्रा खान थालेको चितुवाले अहिले सम्म दुई दर्जन भन्दा बढी खसीबोका मारिसकेको छ । खसीबाख्रा मारेर खाने क्रम नरोकिएपछि स्थानीयबासी रातको समयमा समेत जागै बस्न बाध्य भएका छन् । राति आउने चितुवा भगाउँदा पनि अटेर गर्ने भएकाले मानिसलाई नै आक्रमण गर्ने डरले खसीबाख्रा लिएर भाग्दा समेत हेरेर बस्नु परेको स्थानीयको गुनासो छ । नेचासल्यान गाउँपालिका–३ की रेखा शर्माका अनुसार एक दिन एउटा टोलमा पसेर खसीबाख्रा खाएको भोलिपल्ट अर्कै टोलमा खान्छ । चितुवाले मानिसलाई समेत आक्रमण गर्ने डरले साँझपख मानिसहरु घरबाहिर निस्कन छाडेका छन् । रासस

Skip This
Skip This
Logo