शुक्रबार टर्की र ग्रिसमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने करिब ८ सय जना घाइते भएका छन् । भूकम्पमा परी टर्कीमा २४ जना र ग्रिसमा २ जनाको मृत्यु भएको हो ।
एजियन सागरलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले टर्कीको समुद्री किनारमा रहेको इज्मिर सहरमा धेरै क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इज्मिरमा मात्रै २० भन्दा बढी भवन भत्किएको मेयर तंक सोयरले जानकारी दिएका छन् । भत्किएका भवनभित्र अझै कति मानिस फसिरहेका छन् भन्ने यकिन जानकारी प्राप्त नभएको अधिकारीले बताएका छन् ।
भूकम्पपछि १९६ वटा परकम्प गएको पनि टर्किस अधिकारीले बताएका छन् । तीमध्ये २३ वटा परकम्प ४ म्याग्निच्युडभन्दा माथिका थिए ।





























प्रतिक्रिया