मेयरको टिकटका लागि राजपामा कुटाकुट

मेयरको टिकटका लागि राजपामा कुटाकुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९ भदौ । वीरगन्ज महानगरपालिकाको मेयरको टिकटका लागि राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताबीच कुटाकुट भएको छ । 

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटको विषयमा विवाद बढेपछि राजपाका कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो । वीरगन्जको मेयरका लागि राजपाबाट राजेशमान सिंह र बिलम श्रीवास्तव आकांक्षी छन् । 

कुटाकुटमा बिलम श्रीवास्तव समूहका रामबाबु चौरसिया घाइते भएका छन् । दुवै समूहका कार्यकर्ताबीच झडप भएपछि वैठक पनि स्थगित भएको छ ।

Skip This
Skip This
Logo