काठमाडौँ, ९ भदौ । काठमाडौस्थित नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको बारे चौतर्फी बिरोध भएपछि त्रिभुवन विश्व बिध्यालयले यसबारे प्रष्ट पारेको छ । त्रिविले सर्वोच्च अदालतको आदेश अनुसार सम्बन्धन दिएको प्रष्ट पारेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट २०७० असोज १० मा प्रकाशित सुचनाअनुसार काठमाडौ नेश्नल मेडिकल कलेजले कलेज सञ्चालनका लागि आवाश्यक पुर्वाधार तयार गरेको, मेडिकल काउन्सिलको टोलीले गरेको अनुगमनमा स्वीकृतिका लागि सरकारलाई राय दिएकोलगायत उल्लेख छ । त्यस्तै २०७१ भदौ ३१ मा सर्वोच्च अदालतले समेत सम्बन्धन दिने विषयमा कानुन बमोजिम गर्नु भनेर आदेश दिएकाले त्यसैको पालना गरेको समेत त्रिबिले जनाएको छ ।
त्रिविको निर्णयबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । यता डा. गोविन्द केसीले भने नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगरे फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।
पढ्नुहोस विज्ञप्ति

































प्रतिक्रिया