४४ जना सिडिओ सरुवा, को कहाँ ?

४४ जना सिडिओ सरुवा, को कहाँ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,९ भदौ । गृह मन्त्रालयले ४४ प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ । मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको बिहिबार सरुवा गरेको हो ।

जस अनुसार सहसचिव चक्रबहादुर बुढालाई मकवानपुर, आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायणप्रसाद भट्टराई बर्दिया, महादेव पन्थ ललितपुर, विष्णु पोखरेल इलाम र विष्णुबहादुर थापा बागलुङमा प्रजिअका रूपमा सरुवा भएका छन् ।

यस्तै चन्द्रमान श्रेष्ठलाई उदयपुर, हरिशरण पुडासैनीलाई गृहमन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखा, मदन भुजेललाई कपिलवस्तु, विष्णुप्रसाद ढकाललाई प्रहरी किताबखाना र नारायणप्रसाद दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

Logo