बर्दिबास ७ भदौ ,
बाढीले सडक बगायो, यातायात अवरुद्ध भयो, एम्बुलेन्स गाउँमा जाने कुरै भएन। प्रसव व्यथा लागेर छट्पटाएर महोत्तरीको भंगहा नगरपालिका १ की २४ बर्षीया गर्भवती कविता कुमारी साह घण्टौंसम्म छट्पटाइन् । बाढीले गाउँ नै डुबान थियो। काँधमा बोकेर कविताका परिवारले अस्पताल पुर्याउन सकेनन् । साउन २८ गते ९ महिने गर्भवती कवितालाई उनको श्रीमान् रामबहादुर साहले सदाका लागि गुमाउनु पर्यो । कविताको मृत्युले उनको परिवार यतिखेर शोकमा डुबेको छ। कविताको मृत्युको खबर प्रहरीमा ढिलो गरी साउन ६ गते पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुँवेर कडायतले बताए । यसैसँगै महोत्तरीमा बाढी जस्तो प्राकृतिक विपती र त्यसको असरले ९ जनाको ज्यान गएको छ । बाढीले गाउँ डुवानमा पर्दा एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था थिएन। सञ्चार सेवा अवरुद्ध भएपछि ढिलो गरि प्रहरीमा खवर पुगेको हो।
पिपरा गाउँपालिका ६ रतौलीका नवजात शिशु रितेश सदा मुसहर विरामी भए। उनको अभिभावले उपचारको लागि काँखमा बोकेर धान खेतको आगी हुदैं जनकपुर लादैं थिए।
धान खेतको आलीमा रितेशलाई बोक्ने उनको अभिभावकको खुट्टा चिप्लियो। काखबाट खसेका ८ महिने रितेशको उपचारको लागि जनकपुरा लाग्दै गर्दा भदौं ३ गते मृत्यु भयो।
रोग र भोकले पुस्तौं देखि थलिएका सदा परिवारमा रितेशको मृत्युले शोक थपिएको छ। बाढीले घर डुवानमा परेको छ। सदा परिवारको न गाँस छ न त सुरक्षित बस्ने बास। सबै बाढीले तहसनहस बनाइदिएको छ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया