काठमाडौँ, ६ भदौ । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

राष्ट्रिय हितको पक्षमा कुरा राख्नुस्– ओली

राष्ट्रिय हितको पक्षमा कुरा राख्नुस्– ओली

केन्द्रबिन्दु
६ भाद्र २०७४, मंगलबार
0
Shares

काठमाडौँ, ६ भदौ ।

प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । 

व्यवस्थापिका– संसद्को आजको बैठकमा विशेष समय लिएर उहाँले सदनको अधिवेशन चलिरहेको बेला छिमेकी मुलुकको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्रीले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्नाका कारणबारे सदनमार्फत नेपाली जनतालाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । 

“मुलुकको धेरै भागमा बाढी, पहिरो र डुबानको समस्या छ , जसबाट १४९ को ज्यान गइसकेकोछ, १० हजारको संख्यामा बेघरबार छन्, ठूलो संख्यामा जनता समस्या छन्, त्यसमध्ये डुबानको समस्या अझै विकराल छ, डुबान समस्या कसरी पैदा भएको हो, अब कसरी समाधान गर्ने हो, त्यस सम्बन्धमा व्यापक छलफल र बहस हुनुपर्छ”, उहाँले भन्नुभयो । 

नेता ओलीले अन्तर्राष्ट्रिय कानून विपरीत नेपाललाई पनि थाहा नै नदिएर बाँध बनाइएको छ भन्दै त्यसबारे सरकारको धारणा के छ भन्नेबारे नेपाली जनता सुन्न चाहन्छन् भन्दै बाँधका सम्बन्धमा गम्भीर रुपमा भारतसँग कुरा गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले इतिहासको कुनै कालखण्डमा गरिएको सन्धि वा सम्झौता आजको आवश्यकता र मुलुकको हित हुने गरी बनाउनुपर्ने बताउँदै सन् १९५० को सन्धि पुनरवलोकनको विषयलाई सकारात्मक दिशातर्फ लैजानुपर्ने सुझाव दिनुभयो । “कूटनीतिक मर्यादा विपरीत सार्वभौम राष्ट्रले थिचोमिचोको महसूस गर्दछौँ भने हामीले छिमेकीसँग स्पष्ट कुरा राख्न सक्नुपर्दछ,” उहाँले भन्नुभयो । 

ऊर्जा व्यापार सम्बन्धमा निश्चित प्रतिशत लगानी भएको मात्र किन्ने अरु नकिन्ने भन्ने भनाइ सार्वजनिक गरिएको छ, यो ठीक होइन भन्दै उहाँले भारतले जुन नीति सार्वजनिक गरेको छ त्यो नेपालको हितमा नरहेको र त्यसले ऊर्जा विकासमा योगदान नपु¥याउने बताउनुभयो । 

“कतिपय सीमा विवादको बेला भन्न हच्किन्छौ, जायज कुरा गर्न हच्किनुपर्ने कुनै कारण छैन, कानूनी सहायताको नाममा एक देशको कानून व्यवसायी अर्काे देशमा गएर बहस गर्ने काम हुनहुँदैन, तेस्रो देशको नागरिक दोस्रो देशलाई सुपुर्दगी गर्न मिल्दैन । छिमेकीसँग सम्बन्ध बिग्रन्छ यसबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा कुरा राख्नुपर्छ”, ओलीले भन्नुभयो । 

उहाँले सार्कले दक्षिण एसियाको विकासमा सकारात्मक योगदान गर्दै आएको बताउँदै अध्यक्ष मुलुकका हिसाबले यस क्षेत्रमा देखिएको चिसोपन र तनाव घटाउन हामीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सीमा निर्धारण गर्ने काम सकियो कि बाँकी छ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि, सरकारले ऐन किन अड्काएर राखेको हो भनी प्रश्न गर्नुभयो । 

संविधान परिवर्तनीय दस्तावेज भएको र यो देश र जनताको, अग्रगमनका लागि संशोधन हुन गर्न सकिने बताउँदै उहाँले सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने थियो तर अनुपयुक्त ढंगबाट आएकाले अस्वीकृत भएको विचार व्यक्त गर्नुभयो । 

भूकम्प गएको यति समय बित्दा समेत भूकम्पपीडित उस्तै समस्यामा रहेको बताउँदै उहाँले विपद् व्यवस्थापन सम्बन्धी ऐन छिट्टै सदनमा ल्याउन आग्रह गर्नुभयो । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

लेबनान–इजरायल युद्धविराम घोषणा

उत्तर कोरियाको आणविक दौड तीव्र, कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्ता

भन्सार छली गरेको आशंकामा ७७५ वटा गाडी नियन्त्रणमा

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu