भदौ ६ , दाङ
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासमा स्थापना भएको सोना सिमेन्ट उद्योगका कारण स्थानीयहरू हैरान भएका छन्। उद्योगबाट निस्कने धूलो, धुवाँ र उद्योगको कच्चा पदार्थ ल्याउने सडक खन्दा निस्किएको माटोको कारण पानी शुद्धीकरण ट्याङ्कीमा समस्या भएपछि पानीका कारण प्रभावितहरू बिरामी भइरहेका छन् । पानीका मुहानहरू फुट्दा स्थानियहरु धमिलो पानी पिउन बाध्य हुनुपरेको छ।
नजिकै घनाबस्ती र सामुदायिक वनको बीचभागमा २०६५ सालमा स्थापना भएको उद्योगका कारण यहाँका नागरिक निकै अप्ठ्यारोमा परेका छन् । उद्योग स्थापना भएपछि स्थानीय र सिमेन्ट उद्योगबीच पटक–पटक सहमति भए पनि सो उद्योगले स्थानीय बासिन्दासँग भएको सहमतिलाई बेवास्ता गर्दै आएको छ । उद्योगले अत्यधिक मात्रामा धूलो र धुवाँ फ्याँक्न थालेपछि त्यहाँका जनप्रतिनिधि र उद्योग प्रशासनबीच तत्काल धूलो धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्ने सहमति भएको थियो। तर भने अनुशार नहुँदा समस्या थपिएको हो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया