भदौ ६ ,काठमाडौ
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल अनलाइन मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था सुरु गरेको छ । विकट क्षेत्रमा न्युनतम प्रतिमहिना ८० रूपैयाँ भन्दा कमको बिल भुक्तानीका लागि ७ सय रूपैयाँसम्म खर्च गर्नुपर्ने र काठमाडौ उपत्यकामा लामो लाइन लाग्नुपर्ने अवस्था रहेकोमा सोमबारदेखि अनलाइन मार्फत सजिलै भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरिएको हो । "/>

बिजुलीको बिल अनलाइनबाटै भुक्तानी

बिजुलीको बिल अनलाइनबाटै भुक्तानी

केन्द्रबिन्दु
0
Shares

भदौ ६ ,काठमाडौ
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल अनलाइन मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था सुरु गरेको छ । विकट क्षेत्रमा न्युनतम प्रतिमहिना ८० रूपैयाँ भन्दा कमको बिल भुक्तानीका लागि ७ सय रूपैयाँसम्म खर्च गर्नुपर्ने र काठमाडौ उपत्यकामा लामो लाइन लाग्नुपर्ने अवस्था रहेकोमा सोमबारदेखि अनलाइन मार्फत सजिलै भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरिएको हो ।

इन्टरनेट मार्फत घरबाटै, नगद मार्फत नजिकैको बैंक तथा अन्य निकायबाट एवं मोबाइल बैकिङ सेवा, वालेट कार्डजस्ता माध्यम मार्फत भुक्तानी गर्न सकिने सो प्रणालीको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गरे । हाल काठमाडौ उपत्यका भित्र सुरु हुने सो सेवा क्रमशः देशका अन्य भागमा पनि विस्तार गर्ने योजना रहेको मन्त्री शाहीले जानकारी दिए । “काठमाडौमा अहिले नमुना रूपमा सुरु गरेका छौं, १५ दिनपछि व्यावसायिक सेवा सुरु हुनेछ, यसको प्रभावकारिताको आधारमा देशका अन्य स्थानमा पनि विस्तार गरिनेछ,” मन्त्री शाहीले भने, “इन्टरनेट सेवा नपुगेको क्षेत्रमा डेढ महिना भित्र मोबाइलको रिचार्ज कार्ड मार्फत बिजुली बिल भुक्तानीको व्यवस्था गर्न लागेका छौं ।”
कारोबारबाट

Logo