बनेपा, ६ भदौ
काभ्रेका किसान जैविक विषादीतर्फ आकर्षित भएका छन् । खेतबारीमा रासायनिक विषादीको प्रयोग छाड्दै जैविक विषादी प्रयोग गर्ने कृषकको संख्या जिल्लामा बढ्दै गएको पाइएको हो । "/>

जैविक विषादी प्रयोगमा किसानको आकर्षण

जैविक विषादी प्रयोगमा किसानको आकर्षण

केन्द्रबिन्दु
0
Shares

बनेपा, ६ भदौ
काभ्रेका किसान जैविक विषादीतर्फ आकर्षित भएका छन् । खेतबारीमा रासायनिक विषादीको प्रयोग छाड्दै जैविक विषादी प्रयोग गर्ने कृषकको संख्या जिल्लामा बढ्दै गएको पाइएको हो । जिल्लामा पहिलोपटक किसानले निर्माण गरेको जैविक विषादी उत्पादन केन्द्र कुशादेवी गाविसमा स्थापना भएसँगै अहिले जिल्लामा यसको प्रयोग समेत बढ्दै गएको कृषि विकास कार्यालय काभ्रेले जानकारी दिएको छ ।
बाली संरक्षण निर्देशनालय क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, सयपत्री सामुदायिक आईपीएम स्रोत केन्द्र र कृषि विकास कार्यालय काभे्रको प्राविधि तथा आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जीसीले बताए । उक्त केन्द्र निर्माणसँगै किसानहरू जैविक विषादीको प्रयोगमा आकर्षित हुँदै गएको उनको भनाइ छ ।
जैविक विषादी केन्द्रबाट एनपीभी भाइरस ७५० ईएल उत्पादन भएकोमा ६२० ईएल कृषकले प्रयोग गरेका छन् । त्यसैगरी ट्राइक्रोर्र्डमा १ हजार पाँच सय केजी उत्पादन भएकोमा एक हजार ३७ केजी बिक्री भएको छ भने निमाटोल ७५० लिटर उत्पादन भएकोमा ४०० लिटर बिक्री भएको सयपत्री सामुदायिक स्रोत केन्द्रका प्राविधिक रितकुमार सापकोटाले जानकारी दिए । पाचँ वर्षअघि स्थापना भएको जैविक विषादी केन्द्र रासायनिक विषादी प्रयोगलाई विस्थापित गर्ने दरिलो माध्यम बन्दै गएको उनको भनाइ छ । जैविक विषादीको प्रयोगबाट बालीनाली सप्रने, उन्नत उत्पादन हुने र लगानी पनि कम पर्ने कारण यो क्षेत्रका किसान जैविक विषादी प्रयोगमा आकर्षित हुँदै गएका छन् । रासायनिक विषादीले असर गर्ने भएपछि किसान जैविक विषादी प्रयोगतर्फ आकर्षित भएका हुन् ।
मानवीय जीवनमा रासायनिक विषादीले असर गर्ने भएपछि किसानले आफै रासायनिक विषादीलाई हटाउँदै जैविक विषादी प्रयोग गर्न थालेको किसानको भनाइ छ । जैविक विषादी केन्द्रबाट उत्पादित विषादी एक हजारभन्दा बढी किसान र २० वटा फार्ममा समेत नियमित प्रयोग गरिँदै आएको सापकोटाले बताए ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo