राजविराज, ६ भदौ ।
अविरल वर्षा र भीषण बाढीका कारण सप्तरी जिल्लाका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन अझै समय लाग्ने भएको छ । "/>

विद्युत् सञ्चालन हुन अझै समय लाग्ने

विद्युत् सञ्चालन हुन अझै समय लाग्ने

केन्द्रबिन्दु
0
Shares

राजविराज, ६ भदौ ।
अविरल वर्षा र भीषण बाढीका कारण सप्तरी जिल्लाका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन अझै समय लाग्ने भएको छ ।

खाँडो नदीको बाढीबाट अति प्रभावित जिल्लाको दक्षिणी भेगका रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्ही, हरिहरपुर, दिघवा, कमलपुर, मटिगढी, विषहरिया र पोर्ताहा लगायतका दर्जनौं गाउँमा विद्युत् सेवा अझै सञ्चालन हुन नसकेको गुनासो पाइएको छ । केही दिनयता वर्षा रोकिए पनि बाटोघाटो क्षतिग्रस्त भएको छ । नदीमा अत्यधिक पानी भएको हुनाले पनि तार, पोल लगायतका सामग्रीको ढुवानीमा समस्या भएको र विद्युत् सेवा सञ्चालन गर्न ढिलाइ भएको विद्युत् प्राधिकरण वितरण केन्द्रीय शाखा राजविराजका प्रमुख रामउद्गार साहले बताए ।

वर्षा र बाढीका कारण सो क्षेत्रमा अधिकांश पोल ढलेको र ६ वटा ट्रान्सफर्मर जलेकाले समेत समय लाग्ने भएको छ । बाढीका कारण विद्युतको पोल ढल्दा लाखौँ रुपैयाँ मूल्य बराबरको क्षतिसमेत भएको प्राधिकरणले जनाएको छ । अवरुद्ध भएका ठाउँमा प्राधिकरणले तत्कालै सेवा सञ्चालन गर्ने प्रयास गरेपनि बाढीले ठाउँठाउँमा क्षति पु¥याएको हुनाले असहजताका कारण चाहेर पनि काम गर्न समस्या भइरहेको कार्यालयका प्रमुख साहले जानकारी दिएका छन्। बाढीका कारण एकैपटक जलेका ६ वटा ट्रान्सफर्मर खोलेर ल्याउन तथा मर्मत गराउन समय लाग्ने प्राधिकरणको भनाइ छ । रासस

Skip This
Skip This
Logo