भदौ ६, काठमाडौं

नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि विभिन्न राजनीतिक दलले मिश्रित प्रतिक्रिया दिएका छन् । "/>

संसोधन अस्विकृत बारे दलहरुका आ-आफ्नै प्रतिक्रिया

संसोधन अस्विकृत बारे दलहरुका आ-आफ्नै प्रतिक्रिया

केन्द्रबिन्दु
0
Shares

भदौ ६, काठमाडौं

नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि विभिन्न राजनीतिक दलले मिश्रित प्रतिक्रिया दिएका छन् ।

व्यवस्थापिका–संसद्को हिजोको बैठकबाट अस्वीकृत भएको उक्त विधेयकबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकलाई विशेष समितिमा लगेर छलफल गरौँ भनेर आफूहरुले पटक पटक जोड दिँदै आएको तर सरकारले पर्याप्त छलफल नगरेकाले अहिलेको परिणाम आएको टिप्पणी गरे । यद्यपि परिणाम जस्तो आए पनि यसले संविधानलाई सर्वस्वीकृत तुल्याएको उनले उल्लेख गरे । नेता नेम्वाङले संशोधनको प्रस्ताव अस्वीकार भएसँगै सरकारमाथि नैतिक प्रश्न खडा भएको पनि बताएका छन् ।

सत्तारुढ नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले अहिलेलाई अस्वीकृत भएको संविधान संशोधनको भावना सम्बोधन गर्नका लागि काँग्रेसका तर्फबाट फेरि प्रयास हुने बताए। राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले विधेयकको परिणाममाथि पार्टीको बैठक बसेर आधिकारिक धारणा ल्याइने बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपालका नेता डा शिवजी यादवले सबैको सहमतिमा प्रस्ताव लैजानुपर्नेमा सरकारले छलफल नगरी लगेको बताउँदै संशोधन अस्वीकृत हुनुमा अन्ततः तीन वटै ठूला दलको मिलेमतो रहेको आरोप लगाए । रासस

Skip This
Skip This
Logo