काठमाडौं, ५ भदौ । नेपाल प्रहरीले ३३ किलो ७ सय ४४ ग्राम सुन तस्करीका मुख्य आरोपी राजनप्रसाद पन्तलाई नेपाल ल्याएको छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखाले गत पुसमा सुन तस्करीका मुख्य आरोपी पन्तलाई यूनाइटेड अरब इमिरेटसको दुबई प्रहरीमार्फत पक्राउ गरी नेपाल ल्याएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुसमा त्रिभुवन विमानस्थलबाट उक्त परिमाणको सुन ल्याउँदै गर्दा १२ जनालाई पक्राउ गरेको थियो । पन्त त्यतिवेलादेखि नै फरार रहेका थिए । सिआइबीले तत्काल पक्राउ गरेका १२ जनामध्येका मुख्य आरोपी गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले हाल थुनामा रहेका छन् ।
सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले आरोपी पन्तलाई पहिला नै मुद्दा चलाइसकिएको भए पनि इन्टरपोलले उनलाई दुबईबाट झिकाएर सिआइबीलाई जिम्मा लगाएकाले सोमवारनै अदालतमा मुद्दा पेश गरेको जानकारी दिनुभयो । रासस































प्रतिक्रिया