‘हामी उत्तर कोरियाको दुश्मन होइनौं’ : अमेरिकी विदेशमन्त्री

‘हामी उत्तर कोरियाको दुश्मन होइनौं’ : अमेरिकी विदेशमन्त्री

केन्द्रबिन्दु
0
Shares

वासिङ्गटन, १८ साउन ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाको शासनसत्ता परिवर्तन गर्ने योजनामा अमेरिका नरहेको बताएका छन् । उनले अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न चाहेको पनि बताए ।

यसअघि रिपब्लिकन पार्टीकै एक सांसदले उत्तर कोरियाले आफ्नो मिसाइल कार्यक्रम जारी राखेमा अमेरिकाले युद्ध सुरु गर्ने चेतावनी दिएका थिए । उत्तर कोरियाले पछिल्लो समय प्रक्षेपण गरेको ब्यालिस्टिक मिसाइलले अमेरिका र पश्चिमी विश्वलाई नै ध्वस्त बनाउने क्षमता राख्ने दाबी गर्दै आएको छ ।

संयुक्त राष्ट्र संघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले पटक–पटक आणविक परीक्षण गर्दै आएको छ । यसअघि शुक्रबार उत्तर कोरियाले गरेको आणविक परीक्षण सफल भएपछि सर्वोच्च नेता किम जोङ उन खुसीयाली मनाइरहेको अवस्थामा भेटिएका थिए ।

‘हामी सत्ता परिवर्तन चाहदैंनौं । तपार्इंको शासन ढाल्न खोजेका होइनौं । हामी कोरियामा सैनिक पठाउने पक्षमा पनि छैनौं,’ विदेशमन्त्री रेक्सले भनेका छन्,‘हामी तपाईंको दुश्मन होइनौं । तपाईंका लागि खतरा होइनौं । तर तपाईंहरूले हामीमाथि खतरा सिर्जना गर्दै हुनुहुन्छ । यसको जवाफ हामीले दिनैपर्छ ।’ (एजेन्सी)

Logo