यस्तो छ बिल गेट्सको घर

यस्तो छ बिल गेट्सको घर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौंं, १७ साउन ।

विश्वका आधा जनसंख्याको बराबर ८ महाधनाढ्यको सम्पत्ति छ । अन्तर्राष्ट्रिय संस्था अक्सफामले सार्वजनिक गरेको यो तथ्यांकले जिब्रो टोक्न बाध्य तुल्याउँछ ।

त्यही धनाढ्यको अंग्रपंक्तिमा छन्, बिल गेट्स । ८४ दशमलव २ अर्ब डलरका हकदार बिल कस्तो घरमा बस्छन् रु चासो हुने नै भयो ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्सका विश्वभरमै केही घर छन्, त्यसमध्ये वासिङटनस्थित घर सर्वत्र चर्चाको विषय बन्ने गरेको छ । यो त्यही घर हो, जहाँ बिल बस्न रुचाउँछन् । यो विशाल घरको नाम हो, शानाडु ।

७ लक्जरी बेडरुम, २४ बाथरुम
यो घर करिब ६६ हजार वर्गफिटमा फैलिएको छ । यसमा ७ लक्जरी बेडरुम छन् । २४ वटा बाथरुम छन् । ६ वटा भान्सा, ६ फायरप्लेस, ३ ग्यारेज छन् । एउटा ग्यारेजमा कम्तीमा १० वटा गाडी राख्न सकिन्छ । ११ हजार ५ सय वर्गफिटमा परिवारका लागि निजी क्वार्टर छ र २१ हजार वर्गफिटमा पुस्तकालय बनेको छ । यो पुस्तकालय बनाउनका लागि ३ करोड डलर खर्च भएको थियो ।

८४ सिढी भएको घर ९२ फिट लामो र ६३ फिट अग्लो छ । घर अत्याधुनिक प्रविधियुक्त छ । यसमा एउटा मुभी थिएटर पनि छ । २५ सय वर्गफिटमा फैलिएको जिम र १ हजार वर्गफिटको डाइनिङ रुम छ ।

पाइलाको चालबाट व्यक्ति पहिचान
यति धनाढ्यको घरमा उच्च सुरक्षा सतर्कता अपनउनु पर्यो नै । घरको फ्लोरिङमा आउने पदचापबाटै परिवारका सदस्य वा सुरक्षाकर्मीले त्यहाँ को छ भनेर पहिचान गर्न सक्छन् ।

घरको ढोका पनि हाइटेक छ । घर निरीक्षण गर्न आउनेका लागि एक माइक्रोचिप दिइन्छ । यो चिपले पूरै घरमा सिग्नल दिन्छ । यो घरलाई स्वचालित कम्युटराइज्ड सिस्टमले नियन्त्रण गर्छ ।

म्युजिकल स्विमिङ पुल
शानाडुमा ६० फिट गरिहो स्विमिङ पुल बनाइएको छ । यसमा पानीभित्रै म्युजिक सिस्टम पनि छ । पुलको छेउमा एक लकर रुम बनाइएको छ, जसमा चार सावर र २ बाथटप छन्। ।

निर्माणमा ७ वर्ष
यो घर निर्माणका लागि ७ वर्ष लागेको थियो । निर्माणका लागि तीन सय मजदुर खटिएका थिए । त्यसमध्ये एक सय जना इलेक्ट्रिसियन थिए । आकर्षक सजावटयुक्त घरको मूल्य १ सय २३ मिलियन १२.३ करोड डलर रहेको अनुमान गरिन्छ । एजेन्सीको सहयोगमा

 

 

 

Logo