काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक सरेको छ । "/>

मंसिर १५ गतेका लागी सर्‍यो नेकपा केन्द्रीय कमिटीको बैठक

मंसिर १५ गतेका लागी सर्‍यो नेकपा केन्द्रीय कमिटीको बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक सरेको छ । नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ।

कोभिड-१९ को बढ्दो प्रकोपका कारण बैठक हाललाई स्थगित गरीएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सँगै स्थगित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा भनिएको छ ।

गत भदौ २६ गते भएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक कातिक १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको थियो।

Skip This
Skip This
Logo