रोनाल्डो रियलमै बस्ने

रोनाल्डो रियलमै बस्ने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी २६ असार ।

रियल म्याड्रिडका स्टार फुटबल क्रिष्ट्रियानो रोनाल्डोले यस सिजन पनि क्लबमै बस्ने निर्णय लिएका छन्  । यसअघि कर छली प्रकरणमा मुछिएका कारण रोनाल्डो स्पेनमा खुसी नरहेको बताइएको थियो ।

उनले पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्कने संकेत समेत गरेका थिए । यद्यपी पेरिस सेन्ट जर्माइनले रोनाल्डोलाई भित्र्याउन लामो समयदेखि कसरत गर्दै आएको छ । स्पेनिस पत्रिका एसका अनुसार रोनाल्डो स्पेनको राजधानी शहरमा खुसी नै छन् । फिफा वर्ष खेलाडी रोनाल्डो आगामी सिजन पनि सान्टियागो बर्नाबाउ रंगशालामा घरेलु र युरोपेली ट्रफी भित्र्याउन चाहन्छन् ।

रोनाल्डोलाई भित्र्याउन चाहेको म्यानचेस्टरले भने अर्कै स्ट्राइकरको खोजी गर्नेछ । म्यानचेस्टरले रोमेलु लुकाकुलाई एभर्टनबाट ९० मिलियन पाउन्डमा क्लबमा भित्र्याउँदैछ ।

 

Skip This
Skip This
Logo