राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २५ असार । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसँग थप १२ करोड रुपैपाँ मागेको हो। 

राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो। सेनाको प्रारम्भीक अनुमान अनुसार गाडी किन्न १८ करोड रूपैयाँ चाहिन्छ। सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यो निषकर्ष निकालेको हो।

‘राष्ट्रपति कार्यालयले रक्षा मन्त्रालयबाट आएको चार करोड रूपैयाँको प्रतिवद्धता कार खरिदका लागि अपुग भएको भन्दै त्यसमा थप १२ करोड रूपैयाँ माग गरेको हो,’ रक्षा मन्त्रालय उच्च स्रोतले भनेको छ । (नागरिक दैनिक) 

Skip This
Skip This
Logo