कुलमान घिसिङले यस्तो भने सञ्चारकर्मीलाई

कुलमान घिसिङले यस्तो भने सञ्चारकर्मीलाई

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २४ असार, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेपाली जनताकै लगानीबाट हाईड्रोपावर बनाउन सकिने बताउनुभएको छ । योजनावद्ध ढंगले अघि बढेमा नेपालमा प्रशस्त जलविद्युत् आयोजनाको संभावना रहेको भन्दै उहाँले ती आयोजना नेपालीकै लगानीमा सम्पन्न गर्न सकिने बताउनुभएको हो ।

सनिबार रामेछाप काठमाण्डौ पत्रकार समाजले राजधानीमा गरेको अन्तरक्रियामा प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले नेपालको पानी जनताको लगानी भन्ने नारालाई साकार बनाउदै योजनावद्ध रुपमा नेपालीकै लगानीमा जलविद्युत् आयोजनाहरु निर्माण गर्न सकिने बताउनुभएको हो । उहाले नेपालीको साथै विदेशी लगानी भित्र्याउनका लागि पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्युत् उर्जामा आत्मनिर्भर हुदै निर्यात गर्नका लागि विद्युत् र पानी संचय गर्ने प्रविधि सहितको योजना एक साथ अघि बढाउनुपर्नेमा प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले जोड दिनुभयो ।

उहाँले लोडसेडिङको अन्त्य भए पनि गुणस्तरीय आपुर्ति, विद्युत् वचत, भोल्टेज अपडाउन, लगायत विषयमा अझै सुधार नआईसकेको बताउनुभयो । एउटै कोठामा बसेर शहरभरीको ग्राहकको बत्तिको स्वीच नियन्त्रण गर्ने किसिमको स्मार्ट प्रविधिमा जान सकेमा विद्युत् उर्जाको बचतको साथै आवश्यकता अनुसारको उपयोग गर्नबाट बन्चित हुनुनपर्ने उहाँको तर्क थियो ।

 

Skip This
Skip This
Logo