जाजरकोट, २३ असार । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

बालविवाह न्यूनीकरणमा जाजरकोटे बालबालिका

बालविवाह न्यूनीकरणमा जाजरकोटे बालबालिका

केन्द्रबिन्दु
२३ असार २०७४, शुक्रबार
0
Shares

जाजरकोट, २३ असार । बालविवाह न्यूनीकरण गर्ने अभियानमा आफूहरु लागिपर्ने प्रतिबद्धता यहाँका बालबालिकाले गरेका छन् । 

जिल्लास्तरीय बाल भेलामा बिहीबार उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । जिल्लामा ५० प्रतिशतभन्दा बढीको बालविवाह हुने गरेको तथ्याङ्क छ । 

कम उमेरमा विवाह नगर्ने र अरूलाई पनि गर्न नदिने कार्यमा सक्रियताकासाथ लागिपर्ने जुनीचाँदे गाउँपालिकाकी रमा पुनले बताउनुभयो । बालबालिका र अभिभावक दुबैले बालविवाह विरुद्धको अभियानमा लाग्नुपर्दछ, उहाँले भन्नुभयो– “चेतनाको अभावले बालविवाह बढेको हुँदा यसका विरुद्ध समाजमा सचेतना अभियान नै सञ्चालन गर्नुपर्दछ ।” 

भेलाका सहभागीले बालबालिकासम्बन्धी कानुन, नीति र विकास योजना निर्माणमा सहभागी हुने, शिक्षा, स्वास्थ्य, सुरक्षालगायत आधारभूत सेवा प्रवाह प्रणालीलाई बालमैत्री बनाउँदै एक स्थानीय तहमा तीन वर्षभित्र कम्तीमा एक नमुना बालमैत्री विद्यालय घोषणा गर्ने, आगामी पाँच वर्षभित्र जिल्लालाई बालमैत्री घोषणा गर्न रणनीतिक योजना परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

त्यस्तै भेलाले स्थानीय विकास योजना तर्जुमा प्रक्रिया र अन्य सामाजिक क्रियाकलापमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र उपेक्षासहित बालविवाह न्यूनीकरणमा क्रियाशील रहँदै पाँच वर्षभित्र जाजरकोटलाई बालहिंसा र बाल श्रममुक्त बनाउने सातबुँदे प्रतिबद्धतापत्रसमेत जारी गरिएको छ । 

जिल्ला बालकल्याण समितिको आयोजनामा खलङ्गामा भएको सो दुईदिने बाल भेलामा तीन नगरपालिका र चार गाउँपालिकाका एकसय बालबालिका सहभागी थिए । त्यस क्रममा बालबालिकाले बालअधिकार, बालबचाउ, बालविकास, बालसंरक्षण र बाल सहभागिताका विषयमा अन्तक्र्रिया गरेको महिला तथा बालबालिका अधिकृत पङ्कजाकुमार जोशीले बताउनुभयो । 

भेलाले दीर्घबहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बालसञ्जालसमेत गठन गरेको छ । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

मलेसियाविरुद्ध कुशल भुर्तेलको सानदार शतक

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

कानुन बने पनि विभेद र हिंसाको अवशेष बाँकी छ – मन्त्री वादी

कोशी प्रदेश सरकार माग्यो मतहतका निकायका कर्मचारी र पदाधिकारीको सम्पत्ति विवरण

अलराउण्डर खेलाडीमा ललित राजवंशीको छलाङ

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu