सेलिना फेरि जुम्ल्याहा बच्चाकी आमा बन्दै

सेलिना फेरि जुम्ल्याहा बच्चाकी आमा बन्दै

केन्द्रबिन्दु
0
Shares

मुम्बई,१४ असार । बलिउड अभिनेत्री सेलिना जेटली फेरि आमा बन्दैछिन्। संयोगवस् यसअघि जुम्ल्याहा बच्चा जन्माएकी सेलिनाले फेरि जुम्ल्याहा बच्चालाई नै जन्म दिनेछिन्। उनले पछिल्लो समय इन्स्टाग्राममा बेबी बम्प फ्लान्ट गर्दै फोटो शेयर गरेकी छिन्। ‘यो फोटो मेरा पार्टर पिटरले हाम्रो हालैको भ्रमणको समयमा खिचेका हुन्,’ फोटोबारे सेलिनाले लेखेकी छिन्। सेलिना ५ वर्षका जुम्ल्याहा छोरा विराज हग र विस्टन हगकी आमा हुन् । उनका श्रीमान् पिटर हग होटल व्यवसायी हुन् । उनी दुबईमा ठूला होटल सञ्चालन गर्छन् । डाक्टरले सेलिना अक्टुबरमा आमा बन्ने बताएका छन् । ‘जब अल्ट्रासाउन्डपछि डाक्टरे तपाईको पेटमा जुम्ल्याहा बच्चा छ भने त्यतिबेला म र पिटर छक्क पर्‍‍यौं,’ दोस्रोपटक जुम्ल्याहा बच्चालाई जन्म दिन लागेकी सेलिनाले भनेकी छिन् । (एजेन्सी)

Skip This
Skip This
Logo