खोटाङ । जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा अरू चार जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बराहापोखरी गाउँपालिका-५ सोह्रखानीमा सोमबार साँझ ७ बजेतिर भएको जीप दुर्घटनामा बराहापोखरी गाउँपालिका-६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी-६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका-८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको हो ।
घाइतेको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्याइएको छ । जिप चालक उदपयुर चौदण्डीगढी नगरपालिका-६ का २७ वर्षीय यामबहादुर विकलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।































प्रतिक्रिया