प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समूहद्वारा प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समूहद्वारा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समुहले शुक्रबार पनि प्रदर्शन गरेको छ । वृहत नागरिक आन्दोलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक श्याम श्रेष्ठले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई सदर गरिए आगामी कुनै संसदले पनि पाँच वर्षको आयु देख्न नपाउने प्रतिक्रिया जनाए । सबै संसद गुलेलीको सिकार हुने संकेत आफूले देखेको उनको भनाइ छ । 

संविधानलाई कार्यकारीले व्याख्या गर्ने र कार्यकारीको मातहतमा न्यायपालिका हुने उल्टो दिशामा देश जान लागेको उहाँले बताउनुभयो । हुकुमी शासनलाई जरैबाट खतम पार्न नागरिकहरु सडकमा आएको श्रेष्ठले बताए ।

राजनीतिक विश्लेषक कृष्ण खनालले न्यायालय संविधान उल्लंघनको साक्षी बसिरहेको बताए । कानूनको डिग्री बोकेर कालो कोट लगाउनेले मात्रै रक्षा गर्ने नभई नागरिकले पनि संविधानको रक्षा गर्ने उनको तर्क छ । नागरिकहरु सडकमा नउभिउञ्जेल संविधान नजोगिने उनले बताए ।

प्रतिनिधिसभा विघटन तथा संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरोधमा प्लेकार्ड प्रदर्शन भएका थिए भने नाराबाजी समेत लगाइएको थियो । लैनचौरबाट शुरु भएको प्रदर्शनलाई राष्ट्रपति भवन पुग्न नदिइएपछि पानीपोखरीमा कोणसभा गरिएको थियो ।

Skip This
Skip This
Logo