कावुलको छुट्टाछुट्टै बम आक्रमणमा एक प्रहरी अधिकारी मारिए

कावुलको छुट्टाछुट्टै बम आक्रमणमा एक प्रहरी अधिकारी मारिए

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको राजधानी काबुलमा छुट्टाछुट्टै इलाकामा भएको दुई वटा बम आक्रमणमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य छ जना सर्वसधारण घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।  

स्थानीय जिल्लाको खिरखाना प्रहरीचौकीनजिकै ट्रकमा रहेको बम विस्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ । यस विस्फोटमा परी एक गाडी र अन्य थुप्रै पसलहरू ध्वस्त भएका पनि प्रहरी स्रोतले जनााइएको छ ।  

शनिबार नै शोरबाजार इलाकामा भएको बम विस्फोटमा परी छ जना सर्वसाधारण नागरिक घाइते भएका काबुल प्रहरीका प्रवक्ता फरदस फरमर्जले बताएका छन् । यस आक्रमणहरुको कुृनै पनि समूहले जिम्मा भने लिएको छैन् । रासस

Skip This
Skip This
Logo