हितपातका कारण हेटौँडा–काठमाडौं यातायात अवरुद्ध

हितपातका कारण हेटौँडा–काठमाडौं यातायात अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा  हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । 

उनका अनुसार मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले बागमती प्रदेशको राजधानी हेटौँडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् । अहिले सिमभञ्ज्याङमा घाम लागिरहेको पालुङ प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo