संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सभामुखद्वारा दर्ता रिटमाथि आज सुनुवाइ हुने

संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सभामुखद्वारा दर्ता रिटमाथि आज सुनुवाइ हुने

केन्द्रबिन्दु
0
Shares

संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।  

सापकोटाले दायर गरेको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज सुनुवाइ गर्ने भएको हो।

शुक्रबार सभामुख आफैं सर्वोच्च अदालत पुगेर रिट दायर गरेका थिए । सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापा लगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । जसको अहिले चौतर्फी विरोध भइरहेको छ ।

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।​  

Logo