साताको पहिलो दिन आज नेप्से परिसूचक २५२४ अंकमा पुगेको छ। यो हालसम्मकै उच्च अंक हो । आज एकै दिन नेप्से ४८.७४ अंकले बढेको हो । शेयर बजारमा आज परिसूचक र कारोबार दुवैमा नयाँ रेकर्ड बनेको छ ।
आज कुल १० अर्ब ४४ करोड रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ । यो कारोबार पनि हालसम्मकै उच्च हो ।
आज बैंकिङ समूह ३.७ अंकले घटेको छ । यस्तै ब्यापार ८२, होटल २७, निर्जीवन बीमा ४९०, जलविद्युत ५९, फाइनान्स १६, जीवन बीमा ५७२, उत्पादन ४१, माइक्रोफाइनान्स समूह ३३४ र अन्य ५३ अंकले बढेका छन् ।































प्रतिक्रिया