दीगो विकास लक्ष्य प्राप्तिका लागि तीनै सरकारको प्रयास आवश्यकः उपध्यक्ष कँडेल

दीगो विकास लक्ष्य प्राप्तिका लागि तीनै सरकारको प्रयास आवश्यकः उपध्यक्ष कँडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दीगो विकास लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् ।  

आइतबार दीगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६–२०१९ र दिगो विकास लक्ष्य: स्थानीयकरण स्रोत पुस्तिका २०२० सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. कँडेलले दीगो विकास लक्ष्य प्राप्तिको लागि संघ सरकारले नीति बनाउने, प्रदेश सरकारले सहजीकरण गर्ने तथा स्थानिय सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । विशेषगरी स्थानीय सरकारलाई दीगो विकास लक्ष्य प्राप्तिको लागि प्रतिबद्धताका साथ कार्यान्वयन गराउन नसके लक्ष्य प्राप्त हुन गाह्रो हुने उनको तर्क छ ।

उपाध्यक्ष कँडेलले नेपालका सामाजिक सूचक माथि गइसकेकोले देशलाई अल्पविकसीत देशबाट विकासशील देशतर्फ जानुपर्ने आवश्यकता रहेको बताए । त्यसका निम्ती प्रतिस्पर्धी क्षमतालाई विकास गर्नुपर्ने मा उनको जोड छ । कार्यक्रममा राष्ट्रियसभा सदस्य बिमला राई पौडेलले दीगो विकास लक्ष्य प्राप्तिको लागि सबै क्षेत्रसँग साझेदारी र समन्वयको वातावरण बनाउनुपर्ने बताइन् । सामाजिक उत्तरदायित्व भन्दै नीजि क्षेत्रले निकै पैसा खर्च गर्ने भएकाले ती लगानीलाई एकीकृत गर्ने र खर्चको अनुगमन गर्ने हो भने आर्थिक रुपमा समस्या नहुने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दीगो विकासको प्रगति अध्ययन गर्दा रोजगारी पाउने तथा आयआर्जन हुने क्षेत्रमा प्रगति हाँसिल गर्न नसकिएको बताए । उनले उद्योग क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा योगदान घटेको तथा प्रजनन उमेरका महिलाहरुमा रक्तअल्पताको स्थिति र पाँच वर्षमुनिका बालबालिकाहरुको रक्तअल्पताको स्थिति लक्ष्य अनुसारको प्रगति हाँसिल हुन नसकेको प्रस्तुत गरे ।

सचिव भण्डारीले दिगो विकास लक्ष्य प्राप्तिको कुरा जताततै दस्तावेजीकरण गरिएको भएपनि काम गर्ने सिलसिलामा कठिनाइहरु देखिएको बताए ।

Logo