बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा बैतडीमा शैक्षिक हडताल गरिएको छ ।
विद्यालयबाट घर फर्किरहेका बेला बाटोमा विभत्सरुपमा हत्या भएको विरोधमा तीन दिन शैक्षिक हडताल गरिएको हो । संघर्ष समिति गठन गर्दै तीन दिनका लागि शैक्षिक हडताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए। आइतबारदेखि मंगलबारसम्म तीन दिन गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्दै शैक्षिक हडताल गरिएको हो ।
संघर्ष समितिले गरेको शैक्षिक हडताल अनुसार नै गाउँपालिकाका सबै विद्यालय बन्द रहेका सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए। विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्णरुपमा पठनपाठनको वातावरण बन्न नसकेको उनका भनाइ छ । संघर्ष समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हडताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आमहडताल गर्ने घोषणा गरेको छ । यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए । माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घर नजिकै रहेको लबलेक जंगलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
मृतक किशोरीको शनिबार माघ २४ गते शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी रहेको छ । अस्पताल स्रोतले भने बलात्कारपछि हत्या भएको बताउँदै आएको छ । आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन् । घटनाको सत्यतथ्य छानबिन गरी वास्तविक दोषीलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गर्दै शव नबुझेको भागरथीका काका शिवराज भट्टले बताए । ‘दोषी पत्ता नलाग्दासम्म शव बुझ्दैनौं’, उनले भने– ‘घटना भएको ४ दिन बितिसक्दा हत्यारा पत्ता लागेको छैन, भागरथीको न्यायकै लागि शव नबुझेका हौं ।’
थप अनुसन्धानका लागि डीआईजी पनि घटनास्थलमा घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेको छ । घटनालाई गम्भीरतापूर्वक लिइएकाले थप अनुसन्धानका लागि सुवेदीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया