एपिएफद्वारा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिलो जित

एपिएफद्वारा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिलो जित

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी महिला राष्ट्रिय लिगमा सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिलो जित निकालेको छ ।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा भएको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ ।

फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २/२ गोल गर्दा अनु लामा र रविना लामाले एक/एक गोल आफ्नो नाममा लेखाए । पहिलो हाफमा ७ गोल गरेको एपिएफले दोस्रो हाफमा पनि ७ गोल थपेर फराकिलो जित निकालेको हो ।

पहिलो चरणको खेलमा चौदण्डीगढीमाथि २२ गोल गरेको एपिएफले ७ खेलबाट स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेकोे छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको हो । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । पराजित चौदण्डीगढीको यो लगातार सातौं हार हो । चौदण्डीगढीले अहिलेसम्म तालिकामा अझै खाता खोल्न सकेको छैन् । अंकविहीन रहँदै पुछारमा रहेको छ । अहिलेसम्मका खेल सम्पन्न हुँदा चौदण्डीगढीले सबै खेलमा गरेर कुल ८६ गोल खाँदा एक गोल गरेको छ भने एपिएफले एक गोल पनि खाएको छैन । ७ खेल सम्पन्न हुँदा एपिएफले कुल ५७ गोल गरिसकेको छ । 

Skip This
Skip This
Logo