हिउँले गर्दा कठ्याङग्रिएर सोलुखुम्बुमा एकजनाको मृत्यु भएको छ । जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा करारमा कार्यरत रहेका रामकुमार श्रेष्ठको आइतबार मृत्यु भएको हो ।
शनिबार हुलाक कार्यालयको डाक सल्लेरीवाट लामाजुरा पुर्याएर फर्कने क्रममा बाक्लो हिमपात भएपछि श्रेष्ठ र उनको साथमा रहेका उनका ज्वाई प्रकाश राई राति जंगलको ओडारमा बस्न बाध्य भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । हिउँले बाटो ढाकेएपछि हिड्न समस्या भएको र चिसो छल्न ओडारमा बसेका श्रेष्ठको चिसोकै कारण मृत्यु भएको परिवारले जनाएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले पनि श्रेष्ठको चिसोका कारण मृत्यु भएको जानकारी दिए । सञ्चार सम्पर्क गर्नसमेत सहज नभएको र हेलिकोप्टरवाट उद्दार गर्ने प्रयास हुँदाहुँदै उनको मृत्यु भएको शाहीको भनाइ छ ।





























प्रतिक्रिया