राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण अन्तर्गत आज दुई खेल हुँदैछन् ।  

पहिलो खेल दिउसो १२ बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुनेछ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । सोमबार सम्पन्न खेलमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोल अन्तरले पराजित गरेको थियो । एपिएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्षस्थानमा छ । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ । आर्मीले सात खेलमा १५ अङ्क जोडेको छ ।  

Logo