नवलपरासीमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १७ पुग्यो

नवलपरासीमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

नवलपरासी । सोमबार कोरोना संक्रमणबाट पूर्वी नवलपरासीको कावासोतीमा  थप एक जनाको मृत्यु भएको छ ।  यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको सोमबार बिहान डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले बताए ।

गत  कात्तिक ३ गते चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । सोमबार बिहान ३ बजे मध्यविन्दुस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

Logo