निर्वाचन आयोगले निर्वाचनको तयारीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएको छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडी बढाउन आयोगलाई सुझाव दिएका थिए । उनले निर्वाचनको तयारीको सम्बन्धमा आयोगले सन्तोषजनक तयारी गरेको भन्दै धन्यवाद समेत दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।
प्रेस सल्लाहकार थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीको बारेमा दलको विवादको सम्बन्धमा प्रमुख निर्वाचन आयुक्तले माघ ११ गते आयोगले एउटा निर्णय दिइसकेको र त्यसमा फेरी माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको प्रधानमन्त्रीलाई जानकारी गराएको बताए । दलको विवादको बारेमा छलफल भने नभएको उनको भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले खासगरी सुरक्षाको बन्दोबस्ती, बजेट लगायतका विभिन्न विषयहरुमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको र आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारीको काममा केन्द्रीत गरेको तथा निर्वाचन गराउनुबाहेक आयोगलाई अरु कुराहरुको मतलब नभएको प्रधामन्त्री समक्ष राखेको प्रेस सल्लाहकार थापाको भनाई छ ।
प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सबै प्रकारका सहयोग गर्न, साधन स्रोतहरुको कमी हुन नदिन सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।





























प्रतिक्रिया