नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ जना पुगेको छ । आज १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ ।
पछिल्लो २४ घण्टामा १६७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ४७ पुगेको छ।
नेपालमा हालसम्म २१ लाख ७ हजार ५९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ३०९ जनाको परीक्षण गरिएको छ।
काठमाडौं उपत्यकामा आज ७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार ९२०, भक्तपुरमा ९ हजार २५१ र ललितपुरका १६ हजार ११२ संक्रमित छन् ।





























प्रतिक्रिया