निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो आयोगलाई ७ अर्ब

निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो आयोगलाई ७ अर्ब

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रकम उपलब्ध गराएको बताए ।

मंगलबार नै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गरि दुई चरणमा निर्वाचन गर्नको लागि तयारी तीव्र बनाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसमा बैशाखमै मध्यावधि निर्वाचन गर्ने उल्लेख गरिएको थियो । उता संसद विघटनबिरुद्ध सर्वोच्चमा परेको रिटमाथि बहस जारी छ ।नेपाल समाचारपत्रबाट

Logo