नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन शुरु गरेको छ । प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन थालेको हो ।
विरोध प्रदर्शन शुरु भएसँगै आज राजधानीको यातायात प्रभावित भएको छ । मूख्य सडकहरुमा सार्वजनिक सवारी साधनहरु चल्न दिइएको छैन । सुरक्षा सर्तकता पनि उच्च पारिएको छ ।
यस समूहले आज काठमाडौं उपत्यकाका पाँच स्थानबाट जुलुस निकालेको छ । पुल्चोकबाट कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले जुलुसको नेतृत्व गरेका छन् ।
यस्तै त्रिपुरेश्वरबाट अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुले जुलुसको नेतृत्व गरेका छन् ।
उता माइतीघरमा नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल लगायतले नेतृत्व गरेका छन् भने केशरमहलबाट निस्किएको जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल र शक्तिबहादुर बस्नेतले गरेका छन् ।
जमलबाट निस्किएको जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु सामेल भएका छन् । आजको सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।































प्रतिक्रिया