नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अन्जना विसुंखेले देशमा भएका सबै बलात्कारका घटनाको जिम्मा सरकारले लिनु पर्ने बताएकी छिन् । वर्तमान सरकार बनेदेखि देशमा बलात्कार बढेको उनले आरोप लगाइन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएकी हुन् ।
प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन गरेको हो ।





























प्रतिक्रिया