तानाशाहलाई तह लगाउन आजको आन्दोलन : जनार्दन शर्मा

तानाशाहलाई तह लगाउन आजको आन्दोलन : जनार्दन शर्मा

केन्द्रबिन्दु
0
Shares

नेकपा प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले तानाशाहलाई तह लगाउन आजको आन्दोलन गरिएको बताएका छन् ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएका हुन् ।  

राज्यको सहयोग र अनुदानमा सक्षम र योग्य नागरिक उत्पादन गर्नु पर्छ भनेर आफूले आवाज उठाउँदा तानाशाहहरुले नसुनेपछि आफूहरु आन्दोलनमा आएको उनको भनाइ थियो । आफ्नो आन्दोलनमा बुद्धिजिवी वर्ग समावेश भएकाले अब भ्रष्टाचार गर्नेहरु पाखा लाग्ने शर्माले बताए । केपी ओली इतिहासका कुपात्र भएकाले अब पुनः अरु केपी ओलीहरु जन्मिनु नहुने र कुलमान जस्ता योग्य नेतृत्व देशका लागि चाहिएको उनले बताए ।  

प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन गरेको हो ।  

Skip This
Skip This
Logo