रामकुमारी झाँक्रीलाई ७ वर्ष कैद हुन सक्ने, यस्तो छ कानुनी व्यवस्था

रामकुमारी झाँक्रीलाई ७ वर्ष कैद हुन सक्ने, यस्तो छ कानुनी व्यवस्था

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।  महानगरिय अपराध महाशाखाले झाँक्रीलाई राज्यविरुद्धको कसुर दफा (५८) अनुसार पक्राउ पूर्जी जारी गरेपछि झाँक्री आफैंले आफ्नै घरबाट गिरफ्तारी दिएकी हुन् ।  

प्रहरीले मुलुकी अपराध सहिंताको दफा (५८) अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरेको जनाएको छ । झाँक्रीलाई दिइएको पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको उल्लेख छ ।  

मुलुकी अपराध संहिताको दफा (५८) अनुसार राज्यविरुद्धको असुरमा यस्तो छ कानुनी व्यवस्था :

धारा ५७ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ । ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन नहुने’ उल्लेख छ ।

सो दफा अनुसार कसुर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा (५८) को (२) मा उल्लेख छ ।

Logo