सरकारले पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बृद्धि गर्दै आएको छ । यसरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेपछि यातायात व्यवसायीहरुले पटक–पटक गरेर वृद्धि भएको तेलको मूल्य एकमुष्ट रुपमा फिर्ता लिन माग गरेका छन् ।
सार्वजनिक सवारीमा कोरोना महामारीका कारण थला परेको अवस्थामा सरकारले सहुलियत राहत दिनु पर्ने बेलामा पेट्रोलियम पदार्थको मूल्य बढाएकाले सवारी चलाएर बाँच्न नसकिने भएको भन्दै व्यवसायी र उपभोक्तालाई मार पर्ने गरि भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न माग गरेका हुन् ।
नेपाल यातायात व्यवसायी महासंघले एक प्रेस विज्ञप्ति नै निकालेर देशभर सञ्चालित सार्वजनिक सवारी साधनको कर, रुट इजाजत नविकरण, जाँचपास, बीमा प्रिमियम लगायतमा छुट नदिएको तथा विगत १२ वर्षदेखि भाडा समायोजन गर्ने विषयसम्म अन्योलमा रहेको जनाएको छ । महासंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नु पर्ने र सरकारले कोरोना महामारी प्रभावको सहुलियत दिने भनिएको राहत दिनु पर्ने माग व्यवसायीहरुले राखेका छन् ।





























प्रतिक्रिया