केन्द्रबिन्दु बुलेटिन : पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता लिन सरकारसँग व्यवसायीको माग (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता लिन सरकारसँग व्यवसायीको माग (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हरेक दिन जस्तै आज पनि हामीले दिनभरिका मूख्य समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये सरकारले बुधबार साँझ पेट्रोलियम पदार्थ, ग्याँसमा प्रति सिलिण्डर २५ रुपैयाँ पेट्रोलमा, डिजेल र मट्टितेलमा दुई दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ । सरकारको मूल्यवृद्धिको निर्णयसँगै उपभोक्ता मंहगीको चापमा पर्ने देखिएका छन् भने यातायात व्यवसायीहरूले यसको विरोध गरेका छन् । सरकारले पटक पटक गरेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको असन्तुष्टि जनाउँदै तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता लिन आग्रह पनि गरेको छ । यदि त्यसो नगरिए नयाँ रणनीतिमा जाने व्यवसायीहरूले चेतावनीसमेत दिएका छन् ।  

राज्य विरुद्धको कसुर गरेको अरोपमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री बिहिबार नै रिहा भएकी छिन् । महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसूर अन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको बताएको प्रहरी प्रशासनले बिहिवार साँझ नै रिहा गरेको हो । झाँक्रीको पक्राउसँगै नेकपाको प्रचण्ड–नेपाल पक्षसहित विभिन्न दल तथा दलका नेताहरूले झाँक्रीको रिहाईका लागि विज्ञप्ति नै निकालेर सरकारसँग आग्रह गरेका थिए ।

स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा सहज जीत निकालेको छ। वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सहज जीत दर्ता गरेको हो । यस्तै सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा आजै भएको अर्को खेलमा विराटनगर महानगरिपालिका नेपाल आर्मी क्लवसँग ७–० गोल अन्तरले पराजित भएको छ ।

बिहीबार मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । उनीहरुले सरकारका विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । यसैबीच  नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको टिप्पणीसमेत गरेका छन् ।  

प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसलाई प्रभावित पार्ने गरी जुलुस धर्ना गर्न नहुने बताएका छन् । उनले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै जुलुसले हुने भए अदालत किन चाहियो भन्दै प्रश्न समेत गरेका थिए । यस्तै कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुर्नस्थापना र निर्वाचन दुवै संवैधानिक बाटो भएको उल्लेख गरेका छन् ।  

Logo