सोलुमा आइतबार थपिए ३८ संक्रमित

सोलुमा आइतबार थपिए ३८ संक्रमित

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु । आइतबार एकैदिन सबैभन्दा धेरै ३८ संक्रमित थप भएका छन् ।  सोखुम्बुमा निर्माणाधिन सोलु दुधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार ५१ जनाको स्वाब संकलन गरि गरिएको परीक्षणमा आईतबार २५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।

त्यस्तै सोलुदूधकुण्ड नगरपालिका-२ बेनीका जनप्रतिनिधि, प्रहरी, एम्बुलेन्स चालक र स्थानीय गरि ४ जनमा पनि संक्रमण पुष्टि भएकाे छ । साथै सगरमाथाकाे गाउँपालिका खुम्बु पासाङल्हमू गाउँपालिकाका ९ स्थानीयमा कोरोना पुष्टि भएको छ ।

Logo