काभ्रे ।
काभ्रेमा आज १६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अब जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५२७ पुगेको छ । जिल्लामा शनिबार ३० जना थपिएका थिए ।
संक्रमित मध्ये ९४५ जना निको भएका छन् । आज ५ जना निको भएका हुन् । जिल्लामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ८ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ६, पाँचखालका ६ जना र नमोबुद्धका ४ जना रहेका छन् ।






























प्रतिक्रिया