नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ढाकछोप आयोग भन्दै व्यंग्य गरेका छन् । भ्रष्टाचारको फाइल बन्द गरेको भन्दै उनले अख्तियारलाई ढाकछोप आयोग भन्दै व्यंग्य गरेका हुन् ।
आज सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै गुरुङले नेपाल आयल निगम जग्गा खरिदको डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल अख्तियारले बन्द गरेको भन्दै अख्तियारलाई ढाकछोप आयोग भनेका हुन् ।
उनले भनेका छन् :
‘अख्तियारले आयल निगम जग्गा खरिदको डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल बन्द गरेछ । जुन काण्डमा जग्गा धनीहरुलाई मालपोत कार्यालयमा सहिछाप गराएको मूल्य, तत्कालीन समयमा उनीहरुले पाएको यथार्थ रकम भन्दा ३.४ गुणा बढी छ । साथै चल्तीको मूल्य भन्दा पनि ३.४ गुणा बढी छ। बधाई छ, ढाकछोप आयोगलाई ।’





























प्रतिक्रिया